arrow

एकता र साझा प्रयासबाट बिमस्टेकका लक्ष्य हासिल गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
bimstec.jpeg

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताएका छन् ।

बिमस्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले बिमस्टेकका लक्ष्य हासिल गर्न तथा सङ्गठनलाई कार्यात्मक परिणाममुखी र जनता केन्द्रित बनाउन साझा प्रयास आवश्यक भएको बताएका छन् । 

प्राकृतिक स्रोत र साधनले भरपूर बिमस्टेक क्षेत्रले सङ्गठनका माध्यमबाट विकास गरेको भए पनि अझ बढी जनकेन्द्रित कार्य गर्न नेतृत्व तहको सामूहिक बुद्धिमता एवं दृष्टिकोण आवश्यक भएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गरेका छन् । 

उनले छैटौँ बिमस्टेक शिखर सम्मेलनको तयारी भइरहँदा विश्वव्यापी रूपमा थपिएका नयाँ चुनौतीको सामना गर्दै क्षेत्रीय सहयोगलाई अझ सृदृढ बनाउने कार्ययोजना तयार गर्न जरुरी भएको बताएका छन् । 

सन्देशमा उपप्रधानमन्त्रीले बिमस्टेक सचिवालयले गरेका कामको प्रशंसा गर्दै बिमस्टेक बडापत्र लागू भएकामा खुसी व्यक्त गरेका छन् । 

साथै उनले नेपाल सरकारका तर्फबाट सङ्गठनलाई गतिशील तुल्याउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ