arrow

नरेन्द्र मोदी चुनिए एनडीएका संसदीय दलका नेता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
modi-24-06-07.jpg

काठमाडौँ । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रोपटक नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई शुक्रबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि मोदी नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) का संसदीय दलका नेता चुनिएका थिए । उनी तेस्रोपटक नेता चुनिएसँगै साँझ एनडीएले दाबी पेश गरेको थियो । 

पुरानो संसदको केन्द्रीय हलमा स्थानीय समयअनुसार ११ बजे शुरु भएको मिटिङमा एनडीएका १३ दलका नेताका नेताहरु सामेल रहेका थिए । 

प्रधानमन्त्री मोदीले भने, ‘मलाई नयाँ दायित्व दिनुभएकामा आभार । मेरो एकमात्र लक्ष्य छ – भारत माता र देशको विकास ।’

उक्त बैठकमा एनडीएका सबै २९३ सांसद, राज्यसभा सांसद र सबै राज्यका मुख्यमन्त्री लगायत रहेका थिए ।

मोदीले आइतबार साँझ ६ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री पदको तेस्रो पटक शपथ लिने कार्यक्रम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ