arrow

विश्वासको मत लिँदै मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
surendra-panday-cm-gandaki-rss.jpg
तस्बिर-फाइल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ