arrow

जापानबाट रामचन्द्रले भने–मधेशी नेताको होइन मधेशी जनताको भावना बुझ्नुपर्छ

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
japan-RC-baje.jpeg

टोकियो ।  कांग्रेस  नेता रामचन्द्र पौडेलले तराई मधेशका नेताहरुको भन्दा तराई मधेशका जनताको भावनालाई मुख्य राजनीतिक पार्टीहरुले बुझन् जरुरी रहेको बताएका छन् । नेता पौडेलले संविधान संसोधन र स्थानीय तहको निर्वाचन गराउनका लागि द्धन्द नभई विपक्षी दल नेकपा एमालेलाई पनिसँगै लिएर जानुपर्ने बताए ।

जापान भ्रमणमा रहेका नेता पौडेलको सम्मानमा गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको कार्यक्रममा उनले स्थानीय जनताको भावना बुझेर सिमाङकनको विषय टुंगो लगाउनुपर्ने बताए । पौलेडले भने, ‘प्रदेशको सीमाङकन हेरफेर गर्दा पनि र स्थानीय तहको सीमाना तय गर्दा पनि नागरिकको भावनाको कदर गर्नुपर्छ । अन्यथा समस्या आउँछ ।’

नेता पौडेलले संविधान कार्यान्वयनका लागि संविधान संसोधन आवश्यक रहेको भन्दै सवैले संविधान संसोधनमा सहयोग गनुपर्ने धारणा राखे । संविधान जारी गर्ने बेलामा कांग्रेस एमाले र माओवादीका नेताहरुले संसदको रोष्टममा उभिएर संविधान संसोधनको प्रतिवद्धता जनाएको भन्दै संसोधनका लागि तीनै पार्टी एक ठाँउमा आउन जरुरी रहेको पौडेलको धारणा छ ।

पौडेलले लोकतन्त्र भनेको सबै नागरिक सम्मानित ढंगले बाँच्न पाउने व्यवस्था भएकाले समावेशीता सुनिश्चित गर्न आवश्यक रहेको बताउँदै भने, ‘मधेशी जनतामा उग्र भावना छैन, तर लोकतन्त्रमा सवै सम्मानित हुनुपर्छ । त्यसकारण हामीले समावेशीताको सुनिश्चित गर्न आवश्यक छ ।’

नेता पौडेलले साँघुरो विचार र कमजोर मानसिकताले नेपालमा केही गर्न नसकिने भन्दै नेपाल विविधताबीचको एकताको देश भएकाले मधेशी जनतामा आफुहरु हेपिएको भन्ने भावनाको अन्त्य  गर्न जरुरी रहेको बताए ।
उनले मधेशी विगतको शासन व्यवस्थामा हेपिएको बताउँदै लोकतन्त्रको स्थापना पछि क्रमश हट्न थालेको सुनाए ।
 
वरिष्ठ नेता पौडेलले नेपालको राष्ट्रियताका बारेमा धेरै पहिले देखि नै थरिथरी कुरा हुने गरेको भन्दै अति राजनीति र अतिवादी राष्ट्रियताले मुलुकको उन्नती संभव नुहने धारणा राखे । कार्यक्रममा  एमाले नेता किरण गुरुङ, नेपाली कांग्रेसका नेता एंव सांसद राजन केसी, एमाले नेता राजन राईको पनि सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ