arrow

इजरेल राष्ट्रसङ्घको कालोसूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । सशस्त्र द्वन्द्वमा बालबालिकाको अधिकार उल्लङ्घनको गरेको भन्दै संयुक्त राष्ट्र सङ्घले इजरेल र हमासलाई आफ्नो “लज्जास्पद कालोसूचीमा” राखेको द टाइम्स अफ इजरेलले जनाएको छ ।

यो सूची संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनसँग जोडिएको छ ।

रूस, इस्लामिक स्टेट, अल–कायदा, बोको हराम, अफगानिस्तान, इराक, म्यानमा, सोमालिया, यमन र सिरियाको यो सूचीमा इजरेल र हमासलाई पहिलोपटक समावेश गरिएको छ । 

यो सूचीमा समावेश हुने इजरेल पहिलो लोकतान्त्रिक देश भएको द टाइम्स अफ इजरेलले जनाएको छ ।

अघिल्लो वार्षिक प्रतिवेदनमा इजरेली–प्यालेस्टिनी द्वन्द्वका अध्याय समावेश थिए जसले इजरेललाई बालबालिका विरुद्ध गम्भीर अधिकार उल्लङ्घनको आरोप लगाएको थियो ।

संयुक्त राष्ट्रको प्रतिवेदनपछि इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रको निर्णयलाई भ्रमपूर्ण रहेको बताएका छन् ।

संयुक्त राष्ट्रका लागि इजरेली मिसनले राष्ट्र सङ्घका लागि इजरेलका स्थायी प्रतिनिधि गिलाड एर्डानले शुक्रबार गुटेरेसका चिफ अफ स्टाफबाट औपचारिक सूचना प्राप्त गरेका हुन् ।

गिलाड एर्डानले इजरेली सेना विश्वको सबैभन्दा नैतिक सेना भएको कुरामा जोड दिँदै यो “अनैतिक निर्णय”ले हमासलाई प्रोत्साहित गर्ने बताए ।

“राष्ट्रसङ्घको यो निर्णयले हमासलाई थप प्रोत्साहित गर्ने र युद्ध विस्तार गर्न उत्प्रेरित गर्नेछ”, एर्दानले थप बताए ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरेल–हमास युद्धमा लगभग आठ हजार बालबालिका को ज्यान गएको द टाइम्स अफ इजरेलले जनाएको छ । 

तथापि, यो सङ्ख्यालाई गत महिना रातारात लगभग छ हजार पाँच सयमा घटाइएको थियो । बालबालिका र सशस्त्र द्वन्द्वमा संयुक्त राष्ट्रको रिपोर्टमा पनि प्रयोग गरिएको यो सङ्ख्याले हमास अधिकारीबाट प्राप्त डाटाको सत्यता बारेमा थप प्रश्न निम्त्याएको थियो ।

इजरेली विदेश मन्त्री इजरेल काट्जले यो निर्णयले संयुक्त राष्ट्रसँगको इजरेलको सम्बन्धमा असर पार्ने बताए । 

“दशौँ हजार निर्दोषलाई मृत्युदण्ड दिने इरानी राष्ट्रपतिको सम्झनामा एक मिनेट मौनधारण गर्ने गुटेरेसलाई हमासको यौन अपराध र इजरेलको आत्मरक्षाको अधिकारलाई बेवास्ता गर्ने एन्टिसेमेटिक महासचिवको रूपमा इतिहासमा स्मरण गरिनेछ”, उनले भने ।

“आइडीएफ संसारको सबैभन्दा नैतिक सेना हो र कुनै पनि काल्पनिक प्रतिवेदनल यसलाई परिवर्तन गर्दैन । यो कदमले संयुक्त राष्ट्रसँगको इजरेलको सम्बन्धमा असर पार्नेछ”, उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ