arrow

शिक्षक सरुवामा माओवादीको दम्भ, अदालतको फैसलाकोसमेत अपहेलना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
bipana-ghartimagar-bista.jpg

रोल्पा । रोल्पामा एक गाउँपालिकाले शिक्षिकाको सरुवामा आफ्नो दादागिरी देखाएको छ । सुनील स्मृति गाउँपालिकाले शिक्षिका विपना घर्तीमगर विष्टको सरुवामा अवरोध गरिरहेको छ ।  

यो माओवादीका जनप्रतिनिधिले जितेको ठाउँ हो । विपना सरुवा भइ जाने विद्यालय र सरुवा हुने विद्यालयबीच सरुवा सिफारिस सहमति भइसकेको अवस्थामा गाउँपालिकाले भने अवरोध खडा गरेको हो । 

त्यतिमात्र होइन यस सम्बन्धमा पीडितले उच्च अदालत दुलसीपुरमा दिएको निवेदनमा पनि पीडितका पक्षमा फैसला गरेको छ । गत जेठ ९ गते अदालतले परमादेश आदेश जारी गरी फैसला गरेको थियो । 

यसकोसमेत अपहेलना गरी गाउँपालिकाले उनको सरुवा भएर पनि प्रक्रिया अगाडि बढ्न नदिएको पीडितले बताएकी छिन् । 

उनको रोल्पाको सिमगिठा ३ लुङ्ग्रीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयबाट रोल्पाको खारा ३ सुनिलस्मृतिमा सरुवा हुनुपर्ने हो । 

अदालतको आदेशकोसमेत अपहेलना गर्ने पालिकामाथि कारबाही गर्नुपर्ने मागसमेत भइरहेको छ । पत्र पाइसकेपछि सरुवा दिने विद्यालय र सरुवा लिने विद्यालयले पालना गरेका छद्धन् । उनको सरुवा भई हाजिरीसमेत भइसकेको छ । 

तर पालिकाले भने विभिन्न धम्की दिएर हाजिर नगराउन भनेसँगै थप तनाव भएको पीडितले बताएकी छिन् । चुनावमा भोट नदिएको झ्वाँक अहिले माओवादीले फेरेको दाबीसमेत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ