arrow

तेस्रो कार्यकालको शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल पुगे मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
modi-rajghat.jpg

काठमाडौँ । लगातार तेस्रो कार्यकालको प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् ।

मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए । मोदीले आज बेलुकी ७ः१५ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनेछन् । राजघाटपछि नरेन्द्र मोदी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिमा पुगेर पुष्पहार अर्पण गरेका थिए ।

शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । यसअघि शुक्रबार नै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट सरकार गठनको दाबी पेश गरेका थिए । 

भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले निर्वाचनमा २९३ सिटमा जित हासिल गरेको छ । शपथमा सहभागी हुन नेपालबाट प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्ड पनि जाँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ