arrow

मोटर साइकल दुर्घटनामा जिरिखिम्तीका एक युवाको मृत्यु

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
accident-@-.jpg.jpeg
तेह्रथुम। कोशी राजमार्ग अन्तर्गत इटहरी खण्डको सेउती पुल नजिकै बुधबार मोटर साइकल दुर्घटना हुँदा म्याङलुङ्ग नगरपालिका–८, जिरिखिम्ती का अन्दाजी २५ वर्षीय पुष्पकुमार श्रेष्ठको मृत्यु भएको छ । 
 
इटहरी बाट धरानतर्फ आउँदै गरेका श्रेष्ठको दिउँसो एक बजेतिर सडकमा रहेको गाईमा ठोक्किएर मोटर साइकल दुर्घटना भएको थियो । दुर्घटनापछि उपचारकालागि लैजाने क्रममा बाटोमै श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । 
 
उनलाई उपचारकालागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमा ल्याउदै गर्दा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक तिलक गिरीले जानकारी दिए । जिरिखिम्तीबजारमा पेट्रोल र पसल भएका श्रेष्ठ सामान खरिद गर्नका लागि केही दिन अघि नै इटहरी गएको उनका छिमेकीहरु बाट बुझिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ