arrow

एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन - घनश्याम भुषाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
ghanashayam-bhusal-02-26.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा कार्यक्रममा बोल्दै उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे । 

उनले नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए । उनले नेकपा (माओवादी केन्द्र) को समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लग्ने बताए । उनले नेपालमा समाजवादी क्रान्ति नेकपा (एकीकृत समाजवादी) ले मात्रै ल्याउन सक्ने बताए । पार्टीको १० औँ महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने बताए ।

उनले भने, ‘यदि हाम्रो नवौँ महाधिवेशनले त्यो गलत निर्णय गरेको हुँदैन थियो भने आज समाजवादी जुन कार्यक्रम हामीले बनाएका छौँ, २०७५ सालमा नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो । कमरेड माधवकुमार नेपालले जितेको भए । हामीले ५ महिना पाएको भए हामीले त्यतिबेलै कार्यक्रम ल्याउने थियौँ । त्यो काम ०७५ सालमा गर्नु पर्दथ्यो, अहिले २०८१ मा हामी गर्दै छौँ । मुलुकले भयङ्कर ठुलो क्षति व्यहोरेपछि नेकपा (एकीकृत समाजवादी) ले आज गर्दैछ । यो सारा काम यो महाधिवेशनले एकै पटक गर्दैन । हाम्रा प्रयत्न सार्थक भएका छन्, सफल भएको छैनन् । पुनः गठन र रूपान्तरणको प्रयत्न सार्थक हुन सकेको छैन, त्यो साँचो हो । विज्ञानमा प्रयत्न गर्नुको औचित्यहीनता कतै हुँदैन । यो महाधिवेशनबाट कतै न कतै समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्छ । यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन । किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो । त्यो एक हिसाबले व्यक्ति पूजा । आगामी दिनमा व्यक्ति पूजाको अझै ठुलो प्रयत्न गर्नेछ । यसका विरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ । माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ । उसको त्यो हिसाबले सिद्धान्त बुझ्ने उमेर भएको छैन । नेकपा (माओवादी केन्द्र) को उमेर पुगेको छैन । उसले धेरै समय लगाउँछ । हाम्रो यो सानो पार्टी नेकपा (एकीकृत समाजवादी) का काँधमा ठुलो र गम्भीर जिम्मेवारी छ ।’

महासचिव भुषालले समाजवादी क्रान्तिका योजना र कार्यक्रमहरु २०७५ सालमै गर्नुपर्ने भए पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीको नवौँ महाधिवेशनमा पराजित हुँदा सम्भव नभएको जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ