arrow

प्रधानमन्त्रीले खानेपानी संस्थानमा वोर्ड सदस्य थप्न लगाएपछि विरोध

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
Khanepani_Sasthan.jpeg
काठमाडौं ।नेपाल खानेपानी संस्थानमा खानेपानी तथा सरसफाई मन्त्रालयले मनोमानी ढंगले वोर्ड सदस्य थपेपछि संस्थानमा विरोध भएको छ । नेपाल खानेपानी संस्थान कर्मचारी संघले एक विज्ञप्ति मार्फत विरोध जनाएको हो । बुधबार कर्मचारी संघका अध्यक्ष भरत अधिकारीद्वारा जारी विज्ञप्तिमा संस्थान सुधार हुन नसकेको अवस्थामा सदस्य थप गरिनु आर्थिक भार बढ्नु हो भन्दै विरोध जनाएका हुन् ।
 
अधिकारीले खानेपानी संस्थान सेवा प्रदायक संस्था भएको भन्दै राजनीतिक भर्तिकेन्द्र बनाउँनु संस्थानमाथि आक्रमण भएको जानकारी दिएका छन् । विगत लामो समयदेखि संस्थानमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन र बृत्ति विकासमा ध्यान दिनु पर्ने भन्दै कर्मचारी संघले कडा विरोध गरेको छ । विगतमा सञ्चालक समिति र व्यवस्थापनले नियतवस कर्मचारीको समस्या हल नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । खानेपानी संस्थान सञ्चालक समितिमा अध्यक्ष सहित विभिन्न क्षेत्रका ९ जना सदस्य हुने व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले ठाडो आदेशमा खानेपानी तथा सरसफाई सचिव भिमप्रसाद उपाध्ययलाई प्रयोग गर्दै कार्यकर्तालाई वोर्ड सदस्यमा नियुक्तिगरिएको संस्थान स्रोतले वताएको छ ।
 
कर्मचारी संघको विज्ञप्तिमा आवस्यक कर्मचारीको व्यवस्थापन, बृत्तिविकास तथा स्त्तरोउन्नतिमा व्यवस्थापनले काम नगरेको समेत उल्लेख गरिएको छ । संघले नयाँ थप गरिएको सदस्यलाई खारेज नगरे कडा आन्दोनका कार्यक्रम तय गरिएको संघका महासचिव केदार धमलाले जनाएका छन् । कर्मचारी संघले नेपाल ट्रेड य’नियन काँग्रेस, सार्वजनिक सेवा कर्मचारी संघ, खानेपानी तथा सरसफाई मन्त्रालयलाई वोद्धार्थ समेत दिईएको कमैचारी संघका सचिव पदमहरि राईले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ