arrow

तेस्रो कार्यकालको शपथ लिए प्रधानमन्त्री नरेन्द्र मोदीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
narendra-modi-24-6-9.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाएका छन् । नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका छन् ।

मोदीले शपथ लिएपछि ७१ मन्त्रीहरुले शपथ लिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ