arrow

डा. केसीको जीवन रक्षाका लागि काठमाडौंमा विशाल र्‍याली

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
gobinda-kc-rally-supporter.jpg
काठमाडौं। १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा विहिबार दिउँसो काठमाडौंमा र्‍याली निस्किएको छ। काठमाडौंको माइतीघर मण्डलाबाट सरु भएको र्‍याली संसद भवन नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भयो। सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सको अगुवाइमा भएको र्‍यालीमा हजार बढी सहभागि थिए। कोणसभामा पत्रकार कनकमणि दीक्षित, फिल्म निर्माता रवीन्द्रसिंह बानियाँ, डा. तोसिमा कार्की लगायतले गोविन्द केसीका माग जायज रहेको बताउँदै  जीवन रक्षाको माग गरे। 
 
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै केसी १०औं पटक अनशन बसेका छन्। केसीको यो अनसन सबै भन्दा लामो भएको छ । केसीले आठौं अनसन १६ दिनमा तोडेका थिए। केसीको स्वास्थ्य अवस्था निकै जोखिममा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ