arrow

इजरायली कारबाहीमा नुसिरात शिविरमा दुई सय ७४ को मृत्यु, सात सय घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
israel-palestine-24-6-9.jpg

गाजा । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिविरमा शनिबार गरिएको इजरायली सैन्य कारबाहीमा मृत्यु हुनेको सङ्ख्या २७४ जना पुगेको र ६९८ व्यक्ति घाइते भएका हमास नियन्त्रित क्षेत्रका स्वास्थ्य अधिकारीले जनाएका छन् । 

अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भारी बमबारी जारी रहेको र उद्धार टोलीको अभाव हुँदा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।”

कारबाहीको क्रममा, इजरायली सेनाले शरणार्थी शिविरबाट चार जना बन्धकहरूलाई उद्धार गरेको छ । यसमा हमासले गत अक्टोबरमा अपहरण गरेका करिब २५० इजरायलीमध्ये २५ वर्षीया नोआ अर्गामानी, ४० वर्षीया श्लोमी जिभ, २१ वर्षीय अल्मोग मीर जान र २७ वर्षीय एन्ड्रे कोज्लोभलाई उद्धार गरेको थियो ।

हमासले गत अक्टोबरमा दक्षिणी इजरायलमा अकस्मात गरेको आक्रमणपछि करिब एक हजार २०० जनाको मृत्यु भएको थियो । इजरायलले बदलामा गाजामा प्रतिशोधात्मक कारबाही शुरू गरेको र अहिलेसम्मको इजरायली कारबाहीमा परी गाजाका ३७ हजार ८४ जनाको मृत्यु भइसकेको छ र ८४ हजार ४९४ जना घाइते भएका गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ