arrow

नौ करोड ३० लाख किसानलाई २० हजार करोड दिने मोदीको पहिलो निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
modi-3rd-tenure-24-6-9.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् ।

साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको शुरुआतमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९ करोड ३० लाख किसानलाई वितरण गर्ने निर्णय गरेका छन् । 

मोदी सरकारको तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक पनि आज बस्दैछ । सरकारले मन्त्रिपरिषद् बैठकमा पनि केही ठूला निर्णय गर्न सक्ने विश्वास गरिएको छ । सरकारले मन्त्रिपरिषद् बैठकअघि सबै मन्त्रीलाई मन्त्रालय बाँडफाँट गर्ने बताइएको छ ।

आइतबार मोदीसहित ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ जनाले शपथ लिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ