arrow

अप्रत्याशित नतिजा

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मा‌ओवादी केन्द्रका सांसद फणिन्द्र देवकोटाले दिए विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
surendra-panday-cm-gandaki-rss.jpg
तस्बिर-फाइल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

६० सदस्यीय प्रदेश सभामा उनले ३१ मत प्राप्त गरे ।

उनलाई कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादी सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिएका हुन् ।

सांसद देवकोटाले फ्लोरक्रस गरेपछि माओवादीका सांसदहरुले नाराबाजी गरेका थिए ।

केन्द्रको सत्ता गठबन्धनमा रहेका दलका कुनै पनि सांसदले मत नदिने हो भने पाण्डेले कुनै हालतमा पाण्डेको बहुमत पुग्ने थिएन । 

त्यसो त पाण्डेले बहुमत नपाएका भए संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुखले अर्को आह्वान गर्नुपर्ने हुने थियो । 

यसअघि मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखकोसमेत मतले बहुमत पुर्याएका थिए । त्यसलाई सर्वोच्च अदालतले उल्टाइदिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ