arrow

लीले न्यूजिल्यान्डको भ्रमण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
li-qiang-chinese-pm.jpg

वेलिङ्टन । चिनियाँ प्रधानमन्त्री ली छ्याङले यसै साता न्यूजिल्याण्डको भ्रमण गर्ने प्रधानमन्त्रीक्रिस लक्सनले सोमबार बताएका छन् ।

सन् २०१७ पछि न्यूजिल्याण्ड भ्रमण गर्ने लीपहिलो चिनियाँ प्रधानमन्त्री हुनेछन् । “म न्यूजिल्याण्डमा प्रधानमन्त्रीलीलाई न्यानो स्वागतगर्न तत्पर छु,“ लक्सनले बताए । 

प्रधानमन्त्रीको भ्रमण न्यूजिल्यान्ड र चीनबीचको सहयोगका क्षेत्रहरूमा आदानप्रदानको लागि बहुमूल्य अवसर हो ।

हालै चिनियाँ मन्त्रीस्तरीय टोलीले न्यूजिल्याण्डको भ्रमण गरेका थियो । चीन न्यूजिल्याण्डको सबैभन्दा ठूलो व्यापार साझेदार हो । 

वेलिङ्टन पश्चिमी प्रजातन्त्रहरूमा बेइजिङको सबैभन्दा नजिकका साझेदारहरू मध्ये एक हो । 

तर हालैका वर्षहरूमा चीनले प्रशान्त महासागरमा आफ्नो सैन्य र कूटनीतिक शक्तिविस्तार गर्न खोज्दा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ