गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न– गिरीबन्धुको फाइल कहिले खुल्छ ?
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले गिरीबन्धु टी–स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन् ।
संसदमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु प्रकरणको फाइल कहिले खुल्छ ? भन्दै प्रश्न गरेका हुन् ।
सांसद शाहीले गिरीबन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन् ।
उनले जीबी राई ठूलो कि सरकार ठूलो भन्दै अहिले जीबी राई ठूलो देखिएको बताउँदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए ।
उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । उनले भने, ‘आकाशमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौँ ।’
सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।