arrow

लैङिगक हिंसा अत्यका लागि सामुहीक प्रयासको आवश्यकता

logo
शरद रेग्मी,
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
dangreporter.jpeg
दाङ । लैङिगक हिंसा अत्यका लागि सामुहीक प्रयासको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । रिपोर्टर्स क्लव दाङले बिहिबार तुलसीपुरमा आयोजना गरेको महिला हिंसा न्यूनिकरणमा हाम्रो चासो विषयक साक्षात्कार कार्यक्रममा सहभागीहरुले अफै पनि विभीन्न हिंसाहरु भोग्नुपरेको भन्दै
त्यसको अत्यका लागि सवैको प्रयास आवश्यक परेको बताएका थिए । 
 
कार्यक्रममा बोल्दै सांसद अनारकलि मियाले लैङिगक हिंसा सम्वन्धी कानुनहरु धेरै बनेपनि व्यावहारीकतया कानुन लागु नहुदा महिला हिंसाको घटनाहरुले प्रसय पाएको वताए । त्यसैगरी कार्याक्रममा गायीका तथा संचारकर्मी कोमल वलीले महिला द्धारा महिलाहरु नै हिंसामा परेको भन्दै महिला हिंसाको अत्यका लागी आफनो परिवारबाटै सुरु गर्नुपर्ने वताइन् । उनले सासुले वुहारीलाईलाई,वुहारीले सासुलाई जहिले सम्म सम्मान गर्न सकिदैन तव सम्म महिला हिंसा
अत्य नहुने वताइन् 
 
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरीले महिलाहरुमाथि विभीन्न स्थानमा अझैपनि हिंसा हुने भएकाले त्यसको अत्यका लागि सवै लाग्नुपर्ने वताइन् । कार्यक्रममा उच्च अदालत तुलसीपुर वार इकाईका अध्यक्ष रामशरण चौधरीले रक्षकहरुनै भक्षम भएका कारण पनि हिंसा पिडितले न्याय पाउन नसकेको वताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ