arrow

सिंहदरबारको पुनःनिर्माणका लागि बैठक, प्रधानमन्त्रीको ताकेता

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
darawar-futyo.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चासो राखेपछि प्रधानमन्त्री कार्यालयले सिंहदरबार पूनर्निर्माणको कामलाई यथाशिघ्र अघि बढाउन पुनर्निर्माण सम्बन्धि बैठक गरेको छ । 
 
प्रधानमन्त्रीको निर्देशन लगत्तै प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्माले सहरी विकास तथा भवन निर्माण विभागका निमित्त सचिव शम्भु केसी, सिंहदरबार पूनर्निर्माण आयोजनाका प्रमूख रामचन्द्र ढंगाल, पुरातत्व विभागका निर्देशक भेषनारायण दाहाल लगायतका अधिकारीहरुको बैठक गरेका हुन् । प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले सिंहदरबारको पुनर्निर्माण प्रक्रियामा ढिलाई भएको भन्दै यथाशिघ्र काम सुरु गर्ने निर्णय गरेको हो ।
 
बैठकमा सिंहदरबार पूनर्निर्माण आयोजनाका प्रमूख ढंगालले सिंहदरबारको पछिल्लो भाग एक वर्ष्भित्रै मर्मत सम्भार गर्न सकिने र अघिल्लो भाग भत्काएर पुनर्निर्माण गर्नुपर्ने धारणा राखे । यस्तै, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्माले सिंहदरबार पुनर्निर्माणका लागि प्रधानमन्त्रीले बारम्बार चासो राखेको जानकारी गराउँदै भने, ‘प्रधानमन्त्रीज्यूले सिंहदरबार पूनर्निर्माणका लागि बारम्बार चासो राख्नुभएको छ, ताकेता गर्नुभएको छ । सिंहदरबारको कुन भाग मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ, कुन भाग पुरै भत्काएर बनाउनुपर्ने हो, त्यसको ठोस योजना ल्याउनुस् । तर, भोलिदेखि नै काम सुरु हुनुपर्छ ।’
 
सिंहदरबारको मर्मत र पूनर्निर्माणको काम यथाशिघ्र अघि बढाउनुपर्ने निष्कर्ष निकाल्दै ठोस कार्ययोजना सहित भोलि नै अर्को बैठक बसेर अन्तिम निर्णयमा पुग्ने समझदारी भएको प्रधानमन्त्री कार्यालयका उपसचिव झंकनाथ ढकालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ