arrow

लोकमान ट्राउजर र चप्पलमै सर्वोच्च पुगेपछि.......

आफै उपस्थित हुनुपर्ने अफ्ठ्यारो मुद्दा, सशरिर अदालतमा उभ्याउनु हाम्रो जीत हो : अधिवक्ता अर्याल

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
lokman-chappalma.jpeg

काठमाडौं । निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की ट्राउजर र चप्पलमै सर्वोच्चमा तारेख बुझ्न पुगेपछि हंगामा भएको छ । कार्की दिउँसो पौने ४ बजे तारेख बुझ्न सर्वोच्च पुगेका बेला संचारकर्मीले फोटो र भिडियो खिच्न भ्याएका छन् ।

कार्की ट्राउजर र चप्पलमै तारेख बुझ्न पुगेको फोटो सार्वजनिक भएपछि औपचारिक पोशाक नलगाई अदालतको मान मर्दन गरेको भन्दै सर्वत्र अालाेचना भएको छ । कार्की सामान्य नागरिक नभएको भन्दै सुहाउँदो पोसाक लगाएरसम्म नगएको भनि सामाजिक संजालमा विभिन्न टिप्पणीहरु भएका छन् ।

तस्वीरमा कार्की क्याप, जम्पर(ज्याकेट), ट्राउजर र चप्पलमा देखिएका छन् ।

कार्की आफै उपस्थित नभइ नहुने अफ्ठ्यारो मुद्दा
कार्कीको योग्यताविरुछ परेको मुद्दाको पुनरावलोकनको म्यान छलेर विदेश हानिएका कार्कीले दुई–दुई पटक सर्वोच्चको टोलीलाई म्याद तामेली गर्न नदिएपछि अदालतको उपहेलना मुद्दा खेपिरहेका छन् । म्याद तामेली अवरोध गरेको मुद्दा फौजदारी भएकै कारण कार्कीले तारेख बुझ्न वारेस लिन पाउँदैनन् ।

ता कि कार्की सशरिर नै उपस्थित हुनु पर्दछ, अभियोजनकर्ता ओमप्रकाश अर्यालले हाम्राकुरासँग भने, ‘यो अफ्ठ्यारो मुद्दा छ । म्याद तामेलीमा अवरोध गरेकै मुद्दाको तारेख बुझ्न जानु भएको होला । आफै अदातमा उपस्थित हुनु पर्दछ । वारेसमार्फत तारेख बुझ्न पाइँदैन ।’ यसअघि कार्की र कार्कीका ज्वाइँ प्रवल थापाले समेत अदालतमै पुगेरा तारेख बुझेका थिए ।

सशरिर अदालतमा उभ्याउनु भनेको हाम्रो जीत हो : अधिवक्ता अर्याल 

कार्कीको नियुक्ति र अयोग्यताको मूल मुद्दाको पेशी विहिबारबाट पुस ७ गते सम्मका लागि सरेको छ । लामो समय राखेर तोकिएको पेशी अनुसार विहिबार फैसला हुनुपर्ने थियो । कार्कीको पक्षबाट बहस गर्ने वकिल बालकृष्ण न्यौपानेले पेशी सार्न निवेदन दिएकाले आउँदो पुस ७ गतेलाई सरेको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलल जानकारी दिए ।

वकिल न्यौपानेले आफु विरामी भएकाले बहस गर्न नसक्ने भन्दै निवेदन दिएका बताइएको छ । सर्वोच्चले पुस ७ गतेको पेसी भने सार्न नपाइने आदेश दिएको छ । सर्वोच्चले त्यस दिन वकिलहरुलाई समय व्यवस्थापन गर्न समेत भनेको छ ।

यस्तै, अधिवक्ता अर्यालले हाम्राकुरासँग भनेका छन्, ‘मुद्दाको पेशी अब सार्न पाइँदैन । अदालत निरन्तर अघि बढ्छ । पेशी सरेपनि यसरी सशरिर अदालतमा उभ्याउनु हाम्रो जीत हो । मुद्दाको किनारा चाँडै लाग्नेमा पनि विश्वस्त छौं ।’

अख्तियार प्रमुख हुन संविधानले माग गरेको योग्यता लोकमानसँग नभएको भन्दै अधिवक्ता अर्यालले रिट दर्ता गरेकामा सर्वोच्चले फैसला गरिसकेको मुद्दालाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो । सो मुद्दा न्यायाधीश जगदीश शर्मा पौडेल, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको संयुक्त बेञ्चमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ