arrow

गाउँमा आक्रमण गरी २६ जनाको हत्या, दर्जनौं अपहरित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
NigeriaBokoHaram_ap.jpg

काठमाडौँ । बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेका र दर्जनौंलाई अपहरण गरेको छ । 

“लुटेराहरूले आइतवार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौं बासिन्दाहरूलाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्,” काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई बताए । 

अपहरणमा परेकाहरुको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको इसाले बताए । 

कात्सिना प्रहरीले सोमबार ढिलो एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ ।

“सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइत भएकोे,“ प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ । 

अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए ।

राष्ट्रपति बोला अहमद टिनुबुले एक विज्ञप्तिमा, ‘भयानक र भयावह’ आक्रमणको निन्दा गर्नुभएको छ । सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गरिने उनले बताए ।

भारी हतियारधारी गिरोहहरूद्वारा आङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो । यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने काम गर्छन् ।

जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जङ्गलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरेका घटनाहरू समाचारमा आएका छन् । 

डाकुले भर्खरै विशेष गरी कात्सिना र जाम्फारा राज्यहरूमा आक्रमणहरू बढाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ