arrow

सरकारको ध्यान संविधान संसोधनमा : मन्त्री केसी

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
kcarjun.jpeg
नुवाकोट । सहरी बिकास मन्त्री अर्जुननरसिंह केसीले संविधान संसोधन प्रस्ताव पुर्ण कार्यान्वयनका लागी सरकारको सम्पुर्ण ध्यान केन्द्रित रहेको धारणा व्यक्त गरेका छन् ।
 
विहिवार नुवाकोटको सुदुरपुर्बी तलाखु गाविसमा आयोजित कार्यक्रममा मन्त्री केसिले मुलुकसामु संविधान कार्यान्वयनको कुनै बिकल्प नरहेकाले सबै पक्ष त्यस्का लागि जिम्मेवार रुपबाट प्रस्तुत हुनुपर्नेमा समेत जोड दिए । संविधान कार्यान्वयन नहुदा मुलुकले अकल्पनीय परिस्थितिको सामना गर्नुपर्ने तथ्यलाई पार्टीगत आग्रहका भरमा कसैले नजरअन्दाज गर्ननहुने समेत मन्त्री केसिको भनाई थियो ।
 
सो क्रममा मन्त्री केसिले संविधानका केहि विषयमा रहेका असन्तुष्टिलाई बार्ताको माध्यम बाटै समाधान गर्नुपर्ने बताउदै सबैको सहमति जुटाएर आगामि चैत्रमै स्थानिय निर्वाचन गर्ने तर्फ सरकार दृढ़ रहेको समेत स्पस्ट पारे।
 
कार्यक्रममा ब्यबस्थापिका संसद सदस्य जगदिश्वोरनरसिंह केसिले केहि असन्तुष्टिका नाममा संसदिय प्रकृया अबरुद्ध गर्ने कामले मुलुकको हित नगर्ने बताउदै सहमतिको वाटोले मात्र मुलुकलाइ निकास दिने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ