arrow

संशोधन विधेयक फिर्ता लिन एमालेको माग, सदन र सडक दुबैमा मोर्चाबन्दी

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
UML-new-aa.jpeg

काठमामाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारसँग संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले संसदमा दर्ता भएको संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै फिर्ता लिन भनेको हो ।

एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा संविधानको ठाडो उल्लंघन गर्दै, अदालतको अपहेलना गर्दै र जनतालाई विभाजित गर्ने गरी प्रस्तुत भएको राष्ट्रघाती विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्दछौं–भनिएको छ । एमालेले प्रदेश ५ लाई टुक्र्याउने प्रस्ताव आएको भन्दै विभिन्न ठाउँमा प्रदर्शन चर्काएको छ भने, विहिबार संसदको महत्वपूर्ण बैठक अवरुद्ध गरेको छ ।

यस्तै, एमालेले सदनमा प्रस्ताव पेश हुन नदिन र पेश भएका खण्डमा पारित हुन नदिन अन्तरपार्टी मोर्चाबन्दीको रणनीति अख्तियार गरेको एमाले उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पौडेलले आफुहरुले विभिन्न पार्टीहरुसँग सदन भित्र र बाहिर सहकार्य गर्ने रणनीति अपनाएको बताए । यस्तै, एमालेले संशोधनविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ