arrow

सरकारलाई संशोधन सच्याउने मौका दिने गठबन्धनको निर्णय

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
madhasi-morcha-meet-new.jpeg

काठमाडौं । संघीय गठबन्धनले सरकारले दर्ता गरेको संशोधन विधेयकलाई यथास्थितिमा समर्थन गर्न नसक्ने भन्दै सरकारलाई सच्याउने मौका दिने निर्णय गरेको छ  । विहिबार संघीय गठबन्धनको कार्यालयमा बसेको बैठकले संशोधनबारे अझै समीक्षा गर्ने र सरकारलाई परिमार्जनका लागि मौका दिने निर्णय गरेको हो ।

बैठकमा सहभागि तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष वृशेषचन्द्र लालले बैठकमा संशोधन विधेयकबारे छलफल भएको र अझै आदिवासी जनजाती र मधेसीका माग सम्बोधन हुन नसकेको निष्कर्ष निस्केको बताए । उनले भने, ‘बिहान प्रधानमन्त्रीसँग भएको छलफलबारे पनि बैठकमा कुरा भयो । हामी तत्काल कुनै नयाँ धारणा बनाउँदैनौं । अझै समीक्षा गर्छौं । सरकारलाई संशोधनको लागि मौका दिन्छौं । यो अवसर हो ।’

गठबन्धनको २६ बुँदे माग अनुसार अझै संशोधन पूर्ण छैन । सदनमा यसलाई संशोधन गर्नेभए हाम्रो समर्थन हुन्छ–यही अवस्थामा हुँदैन, नेता लालले हाम्राकुरासँग भने । प्रधानमन्त्रीसँग फेरि बस्ने कुरा पनि भएको छ । यद्यपि, नेता लालले संशोधन विधेयक दर्ता गरेर सरकार र आफुहरुबीचको संवादको ढोका खुलेको बताए । सीमाङ्कन, राष्ट्रि सभाको प्रतिनिधित्व, भाषाको विषय मिलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ