arrow

कीर्ते नागरिकता प्रकरणमा झापामा दुई जना पक्राउ 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ जेठ ३० बुधबार
nagarikta-kirte-81-2-30.jpg

झापा । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर नागरिकता कीर्ते  गर्ने झापा जिल्ला कमल गाउँपालिका वडा न ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
  
झापा प्रहरीले मन्सुरीसहित  नागरिकता कीर्ते  कार्यमा सहयोग गर्ने सोही वडाका ४० वर्षीय सुमन चापागाईँलाईसमेत  पक्राउ गरेको जनाएको छ  ।

भारतको बिहार जिल्ला  मोतिहारी  घर भई झापाको  कमल गाउँपालिकामा सिरक डसना बनाउने काम गर्दै आएका मन्सुरीले मोहम्मद  फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरी फोटो टाँसी नागरिकता कीर्तेगरी नेपाली नागरिकता बनाएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको  जिल्ला प्रहरी कार्यालय झापाका  डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

निजले सोही कीर्ते  नागरिकताको प्रयोग गरी  कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा  खाता खोलेको , सोही  नागरिकता प्रयोग गरी कमल गाउँपालिका वडा न ५ मा ११ धुर जग्गा खरिद गरेको  तथा परिवारको , विवाह दर्ता , जन्मदर्ता  लगायतका कागजातहरु समेत बनाइसकेको प्रारम्भिक  अनुसन्धानमा खुलेको  डीएसपी चन्दले जानकारी दिएका छ्न् ।

मो.फिरदौस अन्सारीको नागरिकता विवरण दुरुपयोग गरेको भन्ने विशेष  सूचनाको आधारमा मन्सुरीलाई नियन्त्रणमा लिई घर कोठा तथा उनको शरीर रितपूर्वक खानतलासी गर्दा नागरिकताको विवरणसँग हुबहु  मिल्ने विवरण भएको नागरिकता फेला परेको प्रहरिले  जनाएको छ  । 

 उनीहरूलाई   जेठ २२ गते  दमक ६ बेलडाँगीबाट प्रहरीले  नियन्त्रणमा लिएको जनाएको छ । हाल निज अभियुक्तहरुको  इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ