arrow

संशोधन विधेयक विफल पार्ने रणनीति बुन्न संयुक्त भेला !

बामदेव गौतम, प्रदीप ज्ञवालीदेखि टोपबहादुर रायमाझीको हुल हुत्तिदै बुटवल

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
bamdev-to-topbahadur.jpeg

काठमाडौैं । प्रदेश नम्बर ५ टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनविरुद्ध साझा धारणा बनाउन मुख्य तीन दलका जिम्मेवार नेताले शुक्रबार रुपन्देही बुटवलमा संयुक्त भेला गर्दै छन् ।

बुटवलको सिद्धार्थहलमा शुक्रबार दिउँसो मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुको संयुक्त भेला हुँदैछ । भेलाले प्रदेश विभाजनविरुद्ध जनमत सिर्जना गर्ने र सडक तथा सदनमा लियर बढाउने रणनीति अख्तियार गर्ने बताइएको छ ।

एमाले उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले भने, ‘तीनै पार्टीका नेताको संयुक्त भेला र आम सभामा सहभागि हुने कार्यक्रम छ ।’ बुटवल पुगेर के गर्नु हुन्छ ? घोषणै पत्र जारी गर्नु हुन्छ की ? जवाफमा उनले भने, ‘हामी सदनमा संशोधन प्रस्ताव जसरी पनि फेल गर्न लेयर बनाउँछौं । हामी यो प्रदेश टुक्रिन दिँदैनौं भनेर जनतासँग प्रतिवद्धता गर्छौ र आन्दोलनमा लागि सार्वजनिक अपिल पनि गर्छौं । वृहद छलफलपछि एउटा रणनैतिक खाका पनि बन्छ ।’ यो प्रस्ताप पास हुन दिन्नौं ।

यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले संयुक्त भेलामा आफुहरुले प्रदेश विभाजनविरुद्ध अन्तरपार्टी मोर्चाबन्दी र रणनीति बनाउने बताए । नेताहरु आउने थाहा पाएपछि रुपन्देहीका स्थानीय र राजनीतिक दलका कार्यकर्ताले सुरक्षा घेरानै तोड्न थालेका छन् । विहिबार दिनभर पुष्पलाल चोकमा तनाव भयो । प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।

को–को पुग्दै छन् बुटवल ?
एमाले उपाध्यक्ष बामदेव गौतम, उपमहासचि विष्णु पौडेल, घनश्याम भूषाल, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, माओवादी केन्द्रका प्रदेश इन्चार्ज एवं केन्द्रीय कार्यालय सदस्य टोपबहादुर रायमाझीलगायत प्रदेश पाँचका जिल्लाबाट प्रतिधित्व गर्ने सांसद र नेताहरु भेलामा सहभागि हुने उपमहासचिव पौडेलले जानकारी दिएका छन् । नेताहरु विशाल आम सभामा पनि सहभागि हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ