arrow

प्रा डा केसी अनशन प्रकरण – वार्ता शुक्रबार बिहान

सम्भवतः फाइनल वार्ता

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
dr-kc.jpeg
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच बिहीबार राति शिक्षा मन्त्रालयमा भएको वार्ता शुृक्रबार पुनः बस्ने गरी स्थगित भएको छ । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा गत २० दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बसेका प्रा डा केसीका तर्फबाट प्रा डा राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा रहेका थिए ।
 
वार्ता शुक्रबार बिहान १० बजे पुनः बस्ने छ । प्रा डा केसीतर्फका प्रा डा वाग्लेले प्रधानमन्त्री र अनशनरत प्रा डा केसी दुवै जना अनशनस्थलमा आमनेसामने बसेर मात्र सम्झौता हुन सक्ने बताए । 
 
डा. केसीको स्वास्थ्य भने निकै गम्भीर भइसकेको छ । 
 
त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाका विषयमा नै वार्ता केन्द्रित रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ