arrow

छ हजार वर्ष पुरानो रोमन कालका मूर्ति फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
roman-murti.jpg

काठमाडौँ ।  टर्कीका पुरातत्वविद्हरूले रोमन कालका करिब छ हजार वर्ष पुरानो ‘ज्युस र एफ्रोडाइट’ का मूर्तिहरू फेला पारेका छन् । 

टर्कीको एन्टाल्या सहरबाट करिब ४८ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन सहर एस्पेन्डोसमा उत्खननका क्रममा ती मूर्ति फेला परेका हुन् । 

पुरातत्वविद् तथा एस्पेन्डोस पुराताात्विक उत्खनन समूहका उपाध्यक्ष हुसेन तुल्गा गान्डरले फेला परेका मूर्तिहरू करिब ५० सेन्टिमिटर लामो रहेको बताए । 

उनका अनुसार तिनीहरू उत्कृष्टरूपमा कोरिएका थिए र निश्चितरूपमा रोमन साम्राज्य युगको प्रारम्भमा बनाइएको थियो । 

उनले कागजपत्र, सफाइ र जीर्णोद्धारको काम समाप्त भएपछि मूर्तिहरूलाई एन्टाल्याको सङ्ग्रहालयमा पुर्याइने बताए । 

पुरानो सहरका अन्य क्षेत्रमा पनि उत्खनन र पुरातात्विक उत्खनन जारी रहेको उनले बताए । 

यसै वर्ष सबै स्थानमा अन्वेषण पूरा हुने अपेक्षा गरिएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ