arrow

जाजरकोट भूकम्प पीडितलाई अझै आएन चीनले घोषणा गरेको सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
earthquake-jajarkot-rukum-2023-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गत वर्षको कार्तिक १७ गते मध्यरातमा जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पका कारण जाजरकोट र रुकममा ठूलो क्षति भयो । डेढ सय बढी मानिसले ज्यान गुमाए भने सयौँ घाइते भए । हजारौँ घर ढले । 

भूकम्पको सात महिनापछि पनि पीडितहरुमध्ये धेरैको जनजीवन अझै सहज हुन सकेको छैन । माओवादी केन्द्रको पकड क्षेत्र मानिए पनि केन्द्रीय पदाधिकारीबीच हानथाप भएसँगै आएको सहयोग सामग्रीकोसमेत सदूपयोग हुन नसकी दुरुपयोग भयो । 

त्यतिबेला छिमेकी राष्ट्रहरुबाट आएको सामग्रीको चरम दुरुपयोग भएको समाचार हरेक मिडियामा छाएकै थियो । सो क्रममा चीनले दिएको १० करोडको भनिएको राहत पनि नेताहरुले आफू सुहाउँदो तरिकाले दुरुपयोग गरे । पीडितका घरबार उजेडिए । 

यता कार्तिक २१ गते नै चीनले २६ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको भए पनि अहिलेसम्म सहयोग गरेको छैन । 

पछिल्लो समय फेरि सो सहयोग गर्ने चर्चा चलिरहेको छ । यसबाट भने चीनप्रति गरिएको विश्वास कम हुँदै गएको विश्लेषण हुन थालेको छ ।  

त्यसै त राम्रो इमेज पार्न नसकेको सरकारले गरेको लगानी सम्मेलनले अपेक्षाकृत सफलता हासिल गर्न त सकेन नै अर्कातिर माओवादीका नेताहरुको गहिरो लसपस र आवतजावत भए पनि जाजरकोट र रुकुमका पीडितका लागि चीनबाट सहयोग लिन नसक्नु दुःखद नै भन्नुपर्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ