arrow

परपुरुषसंग मोज गर्दा जन्मिएको बच्चा मार्ने आमालाई आजीवन कारावास

पति वैदेशिक रोजगारीमा

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
court.jpeg
जाजरकोट । परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय हुने भएको छ । भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई यस्तो सजाय सुनाइएको हो । 
 
जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले आफ्नै सन्तानको हत्याको अभियोगमा कमलालाई उक्त सजाय गरेको हो । कमलाका पति राजु विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छन् । 
 
पति वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँगको अवैध यौन सम्पर्कबाट ६ असोजमा जन्मेको छोरालाई उनले केही बेरमै हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिइन् । 
 
उनका ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यसअघि नै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ