arrow

कावासोती बजार तनावग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
kawaswoti-bazar.jpg

पाेखरा। नालामा पुरिएर तीन मजदुरको ज्यान गएको घटनाले आज नवलपरासीकाे सदरमुकाम कावासोती बजार तनाबग्रस्त बनेको छ ।

मजदुरका आफन्तजन र स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति लगायतका माग गर्दै आन्दोलन गर्दा प्रहरीले हस्तक्षप गरेपछि स्थिति तनावग्रस्त बनेको हो । 

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३० राउण्ड बढी अश्रुँग्याँस प्रहार गरेको बताइएको छ । सो क्रममा ढुंगा प्रहार हुँदा चार जना प्रहरी घाइते भएको बताइएको छ । 

बिहीबार कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको थियो । 

माटोको ढिस्कोले पुरिएर कावासोती नगरपालिका-५ बस्ने ३२ वर्षीया चमेली दर्लामी, ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको थियो ।

ढल निकासीको ह्युमपाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना मजदुर महिला पुरिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ