arrow

क्यान र वर्ल्डलिंकको ‘बिट द स्पीड’ अभियानबाट छानिँदै तीव्र गतिका बलर, भारतमा थप प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
fastest-bowler-campaign-81.jpg

काठमाडौँ । नेपाली क्रिकेटको तीव्र गतिको बलर खोज्नका लागि नेपाल क्रिकेट संघ क्यान र इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले ‘बिट द स्पीड’ अभियान थालेका छन् । 

क्यानको सहयोगमा आयोजना गरिएको अभियान नेपालका १८ भन्दा बढी सहरमा गरिएको थियो । जसमा २००० भन्दा बढी युवाहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए ।

पूर्व बिर्तामोड सहरबाट शुरु गरी दमक, इटहरी, विराटनगर, धरान, बर्दिबास, वीरगंज, हेटौडा, काठमाडौँ, चितवन, भैरहवा, लुम्बिनी, बुटवल, पोखरा, घोराही, नेपालगञ्ज, धनगढी तथा महेन्द्रनगरमा सम्पन्न भएको थियो ।

नेपालका १८ सहरहरूमा युवाहरूको उत्साहजनक सहभागिता रहेको यस अभियानबाट उत्कृष्ट सात ‘फास्टेस्ट बलरहरु काठमाडौँमा अन्तिम  प्रतिस्पर्धाका लागि छानिएका छन् ।

लुम्बिनीबाट प्रदिप जैसवाल उमेर १९, हेटौडाबाट राहुल कुमार यादव उमेर १४, घोराहीबाट आयुष ओली उमेर १७, काठमाडौँबाट मिलन लुइँटेल उमेर २७, बुटवलबाट सन्देश थापा उमेर २१, महेन्द्रनगरबाट रबी दमाई उमेर १५ र धनगढीबाट आयुष द्वारीया उमेर १७ अन्तिम सात प्रतियोगिका रूपमा छानिएका छन् । 

नेपाल ए टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र नेपाल ए टिमका बलिङ प्रशिक्षक कलाम आलीले नेतृत्व गरिरहेको यस प्रशिक्षण कार्यक्रममा योग, फिटनेस तथा बलिङ प्रविधिसहित क्रिकेटका विभिन्न पक्षहरूको बारेमा सिकाइने भएको छ। 

यस प्रशिक्षण कार्यक्रमको अन्त्यमा सातै सहभागीहरुहरूको माझमा बलिङ स्पिड प्रतिस्पर्धा गराइने तथा त्यस प्रतिस्पर्धाको विजेतालाई भारतको चेन्नई स्थित प्रतिष्ठित एमआरएफ पेस फाउन्डेसनमा थप प्रशिक्षणका लागि निःशुल्क पठाइने छ ।  

यस प्रतिस्पर्धाको सम्पूर्ण गतिविधिहरु सहितको श्रृङ्खला वर्ल्डलिंक कम्युनिकेसनको फेसबुक पेज तथा युट्युब च्यानल मार्फत प्रसारण गरिनेछ।  साथै यसको विजेता घोषणा समेत सोही भिडियो मार्फत गरिनेछ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सोमपाल कामी एम्बेस्डर रहेको यस बिट द स्पीड अभियानले नेपालभर रहेका प्रतिभाहरूको उत्थान तथा उनीहरूको कौशलतालाई उजागर गरी भविष्यमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ ।

वर्ल्डलिंक कम्युनिकेसन द्वारा आयोजित यस्ता अभियानहरूले नेपालमा युवा प्रतिभालाई प्रोत्साहित गर्नुका साथै युवा खेलाडीहरुलाई खेलकुद तथा अन्य क्षेत्रमाहरु आफ्नो सपना पूरा गर्ने प्रेरणा प्रदान गर्ने आशा व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ