- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुखका पुनःमतगणना स्थगित भएको छ ।
उच्च अदालत पोखराको फैसलाबमोजिम आगामी असार २ गते पुनःमतगणना हुने भनिएकामा उच्चकै आदेशबमोजिम मतगणना रोकिएको हो ।
यही जेठ १ गते उच्च अदालतले पुनःमतगणना गर्न आदेश दिएको थियो ।
सो फैसलाविरुद्ध नगरप्रमुख वैकुण्ठ न्यौपानेले यही जेठ २४ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । सो रिट सर्वोच्चमा सुनुवाइ हुन बॉकी छ ।
उक्त सुनुवाइको पेसी आगामी असार २ गतेलाई सरेको छ । यसअघि जेठ २७, २८ र २९ मा हेर्न नभ्याइनेमा परेको थियो ।
सर्वोच्चमा परेको रिट किनारा नलागेसम्म असार २ गतेलाई हुने भनिएको मतगणना स्थगित गरिएको उच्च अदालत पोखरा सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।
नगरप्रमुख न्यौपानेले पुनः मतगणना स्थगितका लागि उच्च अदालतमा समेत निवेदन दर्ता गरेका थिए ।