arrow

गर्मीले आत्तिएको काठमाडौँ उपत्यकामा साँझदेखि केही शीतल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
kathmandu-valley.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पहिलो पटक काठमाडौँ उपत्यकामा गर्मीले निरन्तरता पाइरहेको छ । जसका कारण लामो समयदेखि उपत्यकाबासी गर्मीले छट्पटाइरहेका छन् । तर शुक्रबारको तुलनामा शनिबार तापक्रम केही घटेको भन्दै मौसम पूर्वानुमान महाशाखाले साँझदेखि यहाँ केही शीतल हुने जनाएको छ । 

आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए । 

शुक्रबारको तुलनामा शनिबार आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । 

शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ