arrow

भारी ज्याला बृद्धिले गाउँमा पर्म धान्नै गाह्रो !

पाँच वर्षमा बढ्यो ७ गुणा ज्याला

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
kisaan-AP.jpeg

काठमाडौं । वर्षको ८ महिना भारतको बनारसमा बसोबास गर्ने गोरखा बारपाकका रामेश्वर थापा वर्षको ४ महिना भने गाउँघरमा नै बिताउने गर्दछन् । उनको बनारस बसाईँ पनि बुधबारदेखि केहीदिनको लागि सकिएको थियो । कारण थियो उनको गाउँमा अहिले धान थन्क्याउने बेला भईसकेको छ । उनी महंगीले मेला धान्नै नसक्ने भएकोले उनी अहिले बर्खा र हिउँद सिजनमा आफैं आएर कामगर्ने गर्दछन् । 

त्यस्तै, धादिङ ढोलाका राजाराम सिंखडा पनि बनारसमा नै बसोबास गर्ने गर्दछन् । सँगै काम गर्ने दुई भाइ गाउँ आउने बेलामा पनि सँगै आउने गरेका छन् । किनकी उनको पनि पीडा उही हो, घरमा काम गर्ने कोही छैन । मात्रै छन् त बुढाबुढी र बच्चाबच्ची काम गर्नेको भाउ ‘दिन दुई गुणा, रात चार गुणा’ गरी बढ्दै गएको छ । 
 
गाउँमा अहिले कृषि खेतीको लागि काम गर्ने जनशक्तिको कमि हुँदा कामदारलाई दिईने ज्यालाको दरमा भने भारी बृद्धि भएको छ । पहिलेपहिले काम खोज्दै जाने कामदारहरु अहिले मानिस कम भएसँगै काम गरिदिनुपर्‍यो भन्दा पनि फुर्सद् नहुने अवस्थामा पुगेको किसानहरुको गुनासो छ । 
 
यस्तो समस्या कुनै सीमित गाउँमा मात्रै होईन देशभरका अधिकांश पहाडी जिल्लाहरुको हालत समेत यस्तै छ । धादिङका सिंखडाका अनुसार अहिले गाउँमा एक जना कामदारले एक दिनमा ७ घण्टा काम गरेर ७ सय रुपैयाँ सम्म लिने गरेका छन् । भर्खरै काम गर्न थालेकाहरुले भने ५सय मा पनि मान्ने गरेको उनले बताए । 
 
त्यस्तैगरी, एक हल गोरु सहितको कामदरलाई अहिले १२ सय भन्दा बढी लिन थालिएको जानकारी दिए । जुन ५ वर्ष अगाडिसम्म एक जनाको एक सय रुपैयाँ ज्याला थियो भने ३ सय रुपैयाँमा एक हल गोरु सहित कामदार पाईने अवस्था थियो । तर, अहिले ५ गुणासम्म ज्याला बढेकोले काम लगाउनै नसक्ने अवस्था सिर्जना भएको उनीहरुको बुझाई थियो । 
 
उता, गोरखामा भने मूल्या बृद्धि झनै बढेको थापा बताउँछन् । उनका अनुसार ५ वर्ष अगाडि सोही दर(एक दिनको एक सय रुपैयाँ)मा रहेको ज्याला अहिले बर्खामा त ७ सय सम्म पनि बढ्ने गरेको जानकारी दिए । 
 
उता, सिन्धुपाल्चोक जिल्लामा भने यस्तो बृद्धिदरमा खासै बृद्धि भएको छैन । ५ वर्ष अगाडि २ सय रुपैयाँ ज्याला दिनु पर्ने ठाउँमा अहिले ४ सय मात्रै पुगेको सिन्धुपाल्चोकका किसानहरु बताउँछन् । तर, त्यहाँ पनि पछिल्लो समय मूल्य बृद्धि चर्काे रुपमा बढ्दै गएको उनीहरु बताउँछन् । 
 
किन भयो यस्तो बृद्धि ? 
यसरी मूल्य बृद्धि हुनुमा सबैभन्दा मुख्य कारण भनेको जनशक्ति विदेश पलायन हुनु हो । का मगर्ने मानिसको भन्दा काम लगाउने मानिसको संख्या बढी भएपछि अवस्य पनि बढी ज्याला माग हुनु स्वभाविक नै हुरा हो । यसरी मुल्य समेत फरकफरक हुनुमा जनशक्ति कमि र बढी हुनु रहेको जानकारहरु बताउँछन् । 
 
त्यस्तैगरी बजार भाउमा हुनेगरेको बृद्धि पनि यसको कारण भित्र पर्दछ । यसको सीधा असर गरिब किसानहरुमा परिरहेको छ । जो आफू कामगर्न पनि सक्दैनन् र पैसा खर्च गर्ने सामथ्र्य पनि कमजोर रहेको छ । विशेषगरी, यस्तो मुल्य बृद्धिको मुख्य मार पनि गरिब किसानहरुलाई नै पर्ने गरेको छ । 
 
के छ विकल्प ?
तर, यतिका मुल्य बृद्धिको विकल्प पनि अहिले गाउँगाउँमा पुगिसकेको छ । कृषिमा आधुनिकीकरण भन्ने नारालाई सार्थकता दिन अहिले विभिन्न किसिमका आधुनिक प्रविधिहरु गाउँगाउँमा पुगिसकेको छ । अहिले डिजेलबाट चल्ने ट्र्याक्टर गाउँगाउँमा पुगेको छ । जसले गर्दा दुईवटा गोरु र १ जना मान्छेलाई दिने पैसा भन्दा पनि निकै सस्तोमा यसबाट काम गर्न सकिने अवस्था रहेको छ । 
 
धादिङका सिंखडाका अनुसार एक हल गोरुले दुई दिनमा जोत्नेजति काम ट्र्याक्टरले एक घण्टामा दुई पटक जोत्न सक्ने जानकारी दिए । जुन मानिस लगाउँदा कूल दुई हजार लाग्थ्यो भने त्यो ५ सयमा नै सबै काम सम्पन्न हुने छ । तर, यसैगरी सबै का मगर्नको लागि आधुनिक प्रविधि गाउँगाउँसम्म नपुगेकोले अझै पनि महंगो शुल्क तिरेर मानव जनशक्तिलाई नै प्रयोग गर्न बाध्य भएको किसानहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ