arrow

गोविन्द केसी – सरकार वार्ता अझै सुरु भएन

१० बजेकाे लागि बाेलार्इएकाे भएपनि त्रिविले तयारी नपुगेकाे जनाएकाेले बैठक बस्न सकेन

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
govinda-kc-gkc.jpg.jpeg

काठमाडौँ । अनसनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच शुक्रबार विहन १० बजे हुने भनिएको वार्ता अझै सुरु हुन सकेको छैन । बिहीबार राति शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्ष विहीन भएपछि शुृक्रबार पुनः बस्ने गरी वार्त स्थगित गरिएको थियो । 

सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा गत २० दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बसेका प्रा डा केसीका तर्फबाट प्रा डा राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा रहेका थिए ।
 
वार्ता शुक्रबार बिहान १० बजे पुनः बस्ने भनिएपनि अहिलेसम्म बैठक बस्न नसकेको सचिव डा उप्रेतीले जानकारी दिए । उप्रेतीले बैठक १० बजेको लागि बोलाईएको भएपनि त्रिभुवन विश्वविद्यालयलले तयारी पूरा नभएको जनाएकोले अहिलेसम्म बैठक बस्न नसकेको जानकारी दिए । ‘केही प्राविधिक विषयमा कुरा मिलाउनुपर्ने भएकोले तयारी पूरा नभएको विश्वविद्यालयले जानकारी दिएको छ ।’ उप्रेतीले भने ।  
 
प्रा. डा. केसीतर्फका प्रा डा वाग्लेले प्रधानमन्त्री र अनशनरत प्रा डा केसी दुवै जना अनशनस्थलमा आमनेसामने बसेर मात्र सम्झौता हुन सक्ने बताए ।  डा. केसीको स्वास्थ्य भने निकै गम्भीर भइसकेको छ । 
 
त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाको माग गर्दै केसी १० औं पटक अनसनमा छन् । सम्भवतः शुक्रबार नै दुई पक्षबीच सहमति हुने सम्भावना रहेको वार्तामा संलग्न सदस्यहरुले बताएका छन् । तर, आज बैठक कतिबेला बस्छ भन्ने बारेमा भने यकीन गर्न सक्ने अवस्था नरहेको उप्रेतीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ