arrow

सुदूरपश्चिमले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
farwestern-budget-81-82-pal.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१–८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । शनिबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सो बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्व परिचालन १ अर्ब ६० लाख १५ हजार, संघीय सरकारको राजश्व बाँडफाँटतर्फ ९ अर्ब ९९ करोड, संघीय रोयल्टीबाट ८ करोड ४० लाख, वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड २७ लाख, चालु वर्षको बजेटबाट बचत हुने ६ अर्ब १५ करोड रुपैयाँ रहनेछ । 

संघीय सरकारले दिने सर्शत अनुदानतर्फ तीन अर्ब १३ करोड, समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड प्राप्त हुने अपेक्षा गरिको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ