arrow

विरोधबीच पुनःनिर्माण विधेयक पारित, मोर्चा बजारियो

logo
प्रकाशित २०७२ पुष १ बुधबार
sansad-.jpg.jpeg

काठमाडौं । मधेसी मोर्चाको विरोध र बहिस्कारबीच भूकम्पपछिको पुनःनिर्माण सम्बन्धि विधेयक बहुमतले पारित भएको छ । बुधबार बसेको व्यवस्थापिका संसद बैठकले पुनःनिर्माण विधेयक पारित गर्दै पुनः निर्माणको बाटो खुल्ला गरेको हो । आफूहरुलाई पेलेर विधेयक ल्याएको भन्दै मधेसी केन्द्रीत दलहरुले  संसद बहिष्कार गरे ।

सरकारले विपक्षी कांग्रेसको सहयोगमा दुई वटा विधेयक संसदमा पेश गरेको थियो । सुशील कोइराला नेतृत्वको सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन विधेयक र पुनःनिर्माण प्राधिकरण विधेयक संसदमा पेश गर्दा समेत मधेस केन्द्रित दलले नाराबाजी गरेका थिए ।

त्यसअघि,  मधेसी मोर्चाले पुनःनिर्माण विधेयक पारित गराउन सहयोग गर्ने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पनि सँगै पेश गर्नुपर्ने अडान राखेपछि मधेसी मोर्चाले त्यसको विरोध गरेको हो । विरोधकैबीच भूकम्प गएको आठ महिनापछि विधेयक पारित भयो ।

कानुनमन्त्री अग्नि खरेलले विधेयक पारित हुनुअघि सांसदहरु उठाएको प्रश्नको जवाफ दिएका थिए । यद्यपि, मधेसी र थारु नेताहरुले विरोध गर्न छोडेनन् । बिरोधकैबीच विधेयक पास भएपछि मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बजारिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ