arrow

एमाले नेता भट्टरार्इ भन्छन: संविधान संसोधन प्रस्ताव नेपालको विखण्डनको व्याड

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
yogesh.jpeg

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव नेपालको विखण्डनको ब्याड भएको बताएका छन् ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले नेपाललाई सधैं अस्थिरतामा राख्न चाहने शक्तिले यहाँ रहेका राजनीतिक दलहरुबीचको भित्रतालाई भाँड्ने उद्देश्यले यस्तो प्रस्ताव ल्याउन दबाब दिएको बताएका हुन् । उनले नेपालका राजनीतिक दलबीच कायम रहेको मित्रतालाई शत्रुतामा बदल्नको लागि मात्रै प्रस्ताव ल्याईएको आरोप पनि लगाए।

उनले अहिलेको संशोधन प्रस्तावले जनतालाई विभाजित गराउने र अदालतको समेत मानहानी गराउने भएकोले संसद्मा छलफल हुनु अघि नै फिर्ता दिन उनले सत्तारुढ दलसँग आग्रह पनि गरेका छन् । एमालेको बिहीबार बसेको बैठकले पनि यही निर्णय गरेको उनले जानकारी  दिए । 
 
भट्टरार्इले २०७२ साल जेठ महिनामा भएको १६ बुँदे सहमतिको स्मरण गर्दै काँग्रेस एमाले र माओबादी नमिल्ने हो भने २०७४ साल माघ महिनासम्मको लागि बनाइएको राजनीतिक कोर्सको हालत के हुन्छ ? भन्दै सत्तारुढ दलसँग उनले प्रश्न पनि गरे । उनले यसको लागि कम्तिमा पनि ३ दलले एउटै स्वरमा संविधान कार्यान्वयनको सवाल उठाउनु पर्नेमा जोड पनि दिए । 
 
अहिलेको आन्दोलन हिंस्रक बन्न नदिने आश्वासन दिँदै भट्टराईले आन्दोलनकारीलाई कुनैपनि राष्ट्रिय सम्पत्ति र निजी सम्पत्ति माथि पनि क्षति नपु¥याउन आग्रह गरिएको जानकारी दिए । उनले संशोधनको प्रस्ताव तिर भन्दा पनि बरु चुनावमा गएर जसले जति मतादेश प्राप्त गर्छ त्यसैको आधारमा संशोधन गर्ने या नगर्ने निर्णय निकाल्न पनि सुझाव दिए । 
 
संसद्मा संविधान संशोधनको भन्दा पनि महत्वपूर्ण विषय थाति राखेर संशोधनको कुरालाई अगाडि ल्याईएकोले आफूहरुले संसद् अवरुद्ध गरिएको पनि भट्टराईले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ