arrow

शासकहरूको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो - चित्रबहादुर केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
chitra-bahadur-kc-11-30.jpg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको बताए । 

उनले शासकहरूको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गरे । अध्यक्ष केसीले सङ्घीयताको सुदृढीकरणका लागि विश्व बैंक लगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताए ।

उनले भने, ‘अब मुलुकलाई सबैभन्दा ठुलो समस्या के भयो भने–मुलुकलाई समृद्धशाली बनाउनका लागि हामीले संघीय प्रणाली बनायौँ । जुन यहाँको भूगोल, यहाँको अर्थतन्त्र, यहाँका नेताहरूको मनोवृत्ति, शासकहरूको प्रवृत्ति एकात्मक, मुलुक सङ्घात्मक । तपाईँहरूलाई सबैभन्दा बढी पासो परेको कुरा यही हो । प्रत्येक सरकारले संघीयता कार्यान्वयनमा जोड दिने बारम्बार बताउने गरेका छन् । संघीयता कार्यान्वयनका लागि थुप्रै कार्यक्रम कार्यान्वयन गर्न पनि भनिएको छ । तर संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको छ । संघीयताले मुलुकमाथि अनावश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगिरहेको छ । नेपालले सङ्घीयताको सुदृढीकरणको नाममा विश्व बैंकबाट ऋण काढेर कति दिन हामीले सङ्घीयताको भारी नेपाली जनतालाई बोकाउने हो ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ