arrow

व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
protest-nirman wewasayi.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार काठमाडौँमा आयोजित यूथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

उनले निर्माण व्यवसायीहरूको भुक्तानी सरकारले गर्दैन की भनेर शङ्का गर्ने ठाउँ नरहेको बताए । उनले निर्माण व्यवसायी र सरकारले भुक्तानी गर्ने तथ्याङ्कमा मेल नखाएको भन्दै निर्माण व्यवसायी महासङ्घले सरकारले गर्नुपर्ने भुक्तानी कति छ ? त्यसको विवरण सरकारलाई उपलब्ध गराउन आग्रह गरे । 

उनले अर्थ मन्त्रालयले रकमान्तर नगरेको भन्दै दोष दिइने गरेको उल्लेख गर्दै अर्थ मन्त्रालय पनि कानूनअनुसार चल्नुपर्ने भएकाले अर्थ मन्त्रालयलाई मात्रै दोष दिन नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ