arrow

अन्तर्राष्ट्रिय विकास महासंघको बैठक काठमाडौँमा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
ida-21-24-4-18.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय विकास महासंघ (आईडीए) को बैठक काठमाडौँमा शुरु भएको छ । विश्‍व बैंक समूहको आईडीए २१ साइकलको तेस्रो रेप्लिसमेन्ट बैठक मंगलबारदेखि राजधानीमा शुरु भएको हो । 

सोल्टी होटेलमा शुरु भएको उक्त बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । यो बैठक असार ७ गतेसम्म चल्नेछ । उक्त बैठकमा विश्‍व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्गलगायत उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल ६ दशकदेखि आईडीएको ऋणकर्ता रहिआएको आफूहरु आईडीए प्रभावको ६० वर्ष मनाउँदै गरेको बताए । 

यो अवधिमा आईडीए नेपालको लागि विकास वित्तको प्रमुख स्रोत बनेको र यसले प्रभाव पारेको उनले उल्लेख गरे । सन् २०१५ मा गएको विनाशकारी भूकम्पपछि हाम्रो देशको पुनर्निर्माणमा विश्व विश्व बैंकले खेलेको भूमिकाको समेत उनले प्रशंसा गरे । 

आजदेखि सुरु भएको बैठकले आगामी ३ वर्षका लागि महासंघ आवद्ध देशहरुलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरुबीच ४ दिनसम्म प्राविधिक सत्रमा छलफल हुनेछ। 

सोही अवसरमा बैठकमा सहभागीहरुबाट विश्‍व बैंक समेतका सहयोगमानेपालमा सञ्‍चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुने कार्यक्रम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ