arrow

मेलम्ची आयोजनाको सुरूङ मार्गमा भेटियो सुन जस्तै धातु, सुरक्षा व्यवस्था कडा

खानी तथा भू-गर्भ विभागमा जाँच गर्न पठार्इयाे

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
Melmchi.jpeg
काठमाडौं । मेलम्ची आयोजनाको सुरूङ मार्ग खन्ने क्रममा सुन जस्तै एउटा धातु भेटिएपछि आयोजनाको काम तत्कालको लागि रोकिएको छ । बिहीबार सुरूङमार्गमा पर्ने ‘हेडोक्स एरिया’मा सुन जस्तै पहेँलो बस्तु भेटिएपछि तत्कालको लागि सो क्षेत्रमा काम रोकेर सुरक्षा व्यवस्था कडा बनाईएको आयोजना प्रमुख घनश्याम भट्टराईले हाम्राकुरालार्इ जानकारी दिए । 
 
सिन्धुपाल्चोकको हेलम्बू गाविस स्थित ‘रि वर्मा’ भन्ने खोल्सामा पहरो काट्ने क्रममा त्यस्तो बस्तु भेटिएको हो । त्यो बस्तु धातु रहेको आशंका गर्दै खानी तथा भूगर्भ विभागको टोलीलाई चेक जाँचको लागि समेत पठाईसकिएको छ । 
 
आयोजनाको ‘पाईराईट वे’ मा भेटिएको यस्तो पदार्थ सुन तथा तामा जन्य धातु हुनसक्ने र यस्तो भएको खण्डमा स्थानीयको भीड लाग्न सक्ने भएकोले त्यहाँ रहेका नेपाली सेना र नेपाल प्रहरीलाई सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिईएको पनि भट्टराईले जानकारी दिए । 
 
बिहीबार विहानैदेखि उत्खनन् सुरू गरिएको उक्त परियोजनाको काममा साँझ मात्रै यस्तो भेटिएको थियो । 
 
साे बस्तु धातु भए के हाेला अायाेजनाकाे भविष्य ? 
 
उक्त बस्तु धातु भएकाे खण्डमा अायाेजनाकाे भविष्य के हाेला भन्ने विषयमा पनि यावत श‌ंका उब्जिन थालेकाे छ । धातु भएकाे खण्डमा साे क्षेत्रलार्इ स‌ंरक्षित क्षेत्रकाे रुपमा घाेषाणा गरियाे भने त्यसपछि काठमाडाै बासीकाे वर्षौदेखिकाे अाशाकाे केन्द्र मेलम्ची अायाेजनाकाे भविष्य के हाेला भन्ने अाम मानिसकाे चासाेकाे विषय बनेकाे छ ।
 
यसरी भेटिएको बस्तु भए आयोजनाको काम रोकिने सम्भावना के छ त ? भन्ने प्रश्नमा आयोजना प्रमुख भट्टराईले आयोजना रोकिने सम्भावना नरहेको स्पष्ट पारे । ‘यो सुरूङमा भेटिएको होईन र यसलाई हामीले पहरो फोर्ने क्रममा भेटेका हौं । जुन माटाे नै भएपनि फोर्ने नै हाे र सुन भएपनि फोर्ने नै हाे । फरक यत्ति हाे कि माटाे भए सुरक्षाकाे वाट्ठता हुँदैन धातु भए हुन्छ ।' उनले भने 'यो धातु भएको खण्डमा पनि हामी यसलाई सरकारी निकायको रोहबरमा सुरक्षित पाराले उत्खनन् गछौं । तर, आयोजनाको काम रोकिने सम्भावना भने रहेको छैन ।' 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ