विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर सबैको चित बुझ्ने गरी निकास निकाल्नुपर्नेमा जोड दिएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार साँझ पत्रकारसँग कुरा गर्दै गच्छदारले प्रमुख दललाई सहमतिमा ल्याएर यसलाई पारित गर्नुपर्ने विषय महत्वपूर्ण हो भने ।
सीमाङ्कनमा एकै पटक सबैको चित्त बुझ्न नसकिने बताउँदै उनले दुवै पक्षले अतिवादी दृष्टिकोणलाई छाडी मध्यमार्गी बाटो अपनाएर समस्या समाधान गर्नुपर्ने सुझाव दिए । संविधान संशोधनका सम्बन्धमा आफूले प्रमुख दलबीच सहमतिका लागि वातावरण बनाउने पक्षमा प्रयास थालेको जानकारी गराए । रासस