- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
उनले शौचालयमा आफैँले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
दोलखाका अजय गोलेले सशस्त्र प्रहरीका जवान हुन् । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।