arrow

११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले बढ्यो, थपियो चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
ukraine-children-refugees.jpg

काठमाडौँ । सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले बढेको छ । शताब्दीको सुरुआतपछि बालबालिकाको स्वास्थ्यमा यो दूरगामी गिरावटको भाग भएको बुधबार प्रकाशित एक प्रतिवेदनमा उल्लेख छ । 

परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ भनेको छ । 

अन्य निष्कर्षमा सन् २०१३ पछि पाँच वर्षका बालबालिकाको उचाइमा लगातार गिरावट र २५ वर्षभन्दा कम उमेरका मानिसमा टाइप २ मधुमेहमा वृद्धि समावेश छ । पछिल्लो पाँच वर्षमा टाइप २ मधुमेह २२ प्रतिशतले वृद्धि भएको छ । 

प्रतिवेदनका लेखकहरूले सम्भावित कारणहरूमा ‘गरिबी र अभावको चकित पार्ने स्तर’ तथा ‘खाद्य उद्योगद्वारा सस्तो पत्रु खाना (जङ्क फुड) को आक्रामक प्रचार’ रहेको बताएका छन् । 

लेखकहरूले मुलुकको हालको जीवनयापन सङ्कट लागतले धेरै परिवारलाई स्वस्थ, पौष्टिक खाना उपलब्ध गराउने सङ्घर्षलाई ‘तीव्र’ बनाएको बताएका छन् । 

पूर्वसरकारी खाद्य सल्लाहकार हेनरी डिम्बलबीले प्रतिवेदनमा यो गिरावट ‘चकित पार्ने र अत्यन्त दुःखद’ भएको बताए । उनले जुलाई ४ मा हुने बेलायतको आम निर्वाचनमा जित्ने जुनसुकै राजनीति दलले ‘स्वस्थ र दिगो खानालाई सस्तो बनाउने जङ्क फुडको वृद्धिलाई रोक्नका लागि निर्णायक कदम’ चाल्न आग्रह गरे । 

अनुसन्धानअनुसार १०÷११ वर्षको उमेरमा प्राथमिक विद्यालय छाडेपछि पाँचमध्ये एक बालबालिकामा मोटोपन देखिएको थियो । यसबाट उनीहरूलाई टाइप २ मधुमेह विकसित हुने धेरै खतरा छ । 

सन् १९९२ र सन् २००० बीच मोटोपनसँग लड्नका लागि नौ सय ८९ नीतिसहित १४ सरकारी रणनीतिहरूको प्रकाशनका बावजुद कुनै प्रगति हुन सकेको छैन । 

‘एउटा उपेक्षित पुस्ता : इङ्ग्ल्यान्डमा बालबालिकाको स्वास्थ्यमा गिरावटलाई उल्टाउँदै’ नामक प्रतिवदेनले किशोरहरूमा टाइप २ मधुमेहको पहिलो मामिला सन् २००० मा निदान गरिएको बताएको छ । त्यसपछि सन् २०१२/१३ र सन् २०२०/२१ को बीचमा टाइप २ मधुमेहको मामिला तीन गुणाले बढेको छ । 

राजनीतिक नेताहरूले वर्तमान गतिलाई उल्ट्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । “यस्तो गर्न असफल भएमा आहारसम्बन्धित बिमारी र त्यसले ल्याउने परिणामले आफ्नो जीवनको बोझको पुस्तालाई नेतृत्व गर्नेछ”, प्रतिवेदनले भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ