arrow

नष्ट भएको आठ सय वर्षपछि नालन्दा विश्वविद्यालय ब्युँझियो, मोदीले गरे क्याम्पस उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
nalanda-university-modi.jpg

काठमाडौँ । भारतमा रहेको नालन्दा विश्वविद्यालय नष्ट भएको आठ सय वर्षपछि पुनःजीवित भएको छ । भारतीय सरकारले १७ देशको सहयोगमा पटनाको राजगीरको नजिक रहेको नालन्दा विश्वविद्यालयको नयाँ क्याम्पस बनाएको हो । 

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार उक्त क्याम्पसको उद्घाटन गरेका छन् । सो क्रममा विदेश मन्त्री एस जयशंकर, बिहारका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकर र मुख्यमन्त्री नितिश कुमारसहित १७ देशका राजदूतसमेत सहभागी रहेका थिए । 

नालन्दा विश्वविद्यालयको नयाँ क्याम्पसमा परम्परालाई कायम राख्दै छात्र–छात्रालाई अत्याधुनिक सुविधा दिइएको बताइएको छ । 

प्रधानमन्त्री मोदीले उक्त क्याम्पसको लोकार्पणपछि यो स्वर्णिम युगको शुरुआत भएको बताए । उनले यसलाई भारतको विकासको यात्राको एक शुभ संकेतका रुपमा देखेकोसमेत बताए । 

उनले कुनै समय नालन्दा भारतको परम्परा र पहिचानको जीवन्त केन्द्र रहेको उल्लेख गर्दै शिक्षालाई लिएर भारतको यही सोच रहेकोसमेत मोदीले स्पष्ट पारे । 

उनले भने, ‘भारतले यही सोचिरहेको छ । शिक्षाले हामीलाई ढाल्छ, हामीलाई विचार दिन्छ र हामीलाई आकार दिन्छ। पुरातन नालन्दामा बालबालिकालाई पहिचान वा राष्ट्रियताको आधारमा भर्ना गरिन्थ्यो। हरेक देश र हरेक वर्गका युवाहरू यहाँ शिक्षा प्राप्त गर्थे।’

मोदीले नालन्दा विश्वविद्यालयको यो नयाँ क्याम्पसमा त्यही पुरातन प्रणालीलाई पुनः आधुनिक रूपमा सुदृढ गर्नुपर्ने र आज विश्वका धेरै देशबाट धेरै विद्यार्थी यहाँ आउन थालेको देख्दा खुशी लागेको बताए । 

उनले नालन्दा नाम मात्र नभइ एउटा पहिचान र सम्मान भएको बताए । मोदीले भने, ‘नालन्दा एक मूल्य, एक मन्त्र, एक गौरव, एक कथा हो। पुस्तक आगोको ज्वालामा जल्न सक्छ तर ज्वालाले ज्ञानलाई नष्ट गर्न सक्दैन भन्ने सत्यको घोषणा नालन्दा हो ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ