arrow

सुची जस्तै देखिने २२ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
aang_saang_suchi.jpg

काठमाडौँ । कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जन्म दिन मनाउने क्रममा म्यान्मारका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् । 

म्यान्मारको दोस्रो सबैभन्दा ठूलो सहर मान्डलेमा प्रहरीले लामो समयसम्म सुची जस्तै देखिने गरी आफ्नो कपालमा फूल लगाएर तस्बिर पोस्ट गर्ने २२ जनालाई पक्राउ गरेको इलेभेन मिडियाले अज्ञात अधिकारीलाई उद्धृत गर्दै बताएको छ । 

अन्य स्थानीय सञ्चारमाध्यमले मध्य म्यान्मा सहरमा फूल लगाउने वा सार्वजनिकरूपमा प्रार्थना गर्ने करिब एक दर्जनलाई पक्राउ गरिएको बताएका छन् । 

बुधबार ७९ वर्ष पुगेकी सुचीलाई सन् २०२१ मा उनको सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेपछि सेनाले हिरासतमा राखेको छ । 

सैन्य विद्रोह र त्यसपछिको असहमतिमा भएको दमनले व्यापक सशस्त्र विद्रोहलाई जन्म दिएको छ । उक्त विद्रोहलाई कुल्चन सेनाले सङ्घर्ष गरिरहेको छ । 

जुन्ता सरकारले नोबेल पुरस्कार विजेता सुचीसँग भेट्न विदेशी नेता र राजनीतिज्ञहरूको धेरै अनुरोधलाई अस्वीकार गरेको छ । कथितरूपमा तीन वर्षभन्दा धेरै समयसम्म हिरासतमा रहँदा सुचीले स्वास्थ्य समस्याको सामना गर्नुपरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ