arrow

कांग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैन - शेखर कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
shekhar-koirala-03-06.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बीचमा गठबन्धन भए अन्य राजनीतिक दलहरूले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् । उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरुबीच गठबन्धन हुने गरेको भए पनि कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे । उनले महिलाहरू लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्न नसकेको बताए । उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताए । उनले अबको निर्वाचनमा महिलाहरूलाई स्थानीय तहमा नेपाली कांग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरू माहिलालाई दिन जरुरी रहेको बताए ।

उनले भने, ‘लैङ्गिक प्रतिनिधित्वको कुरा गर्दा हामी राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्नै सकिरहेका छैनौँ । तपाईंहरुसँग कुरा गर्दा हाम्रो राजनीतिक प्रतिनिधित्व भएन भन्ने मात्रै पाउँछौँ । आर्थिक प्रतिनिधित्व, सामाजिक प्रतिनिधित्वको कुरामा तपाईँहरू पनि चुक्नुभएको छ जस्तो लाग्छ । यो विषयमा छलफल गरी रणनीति तयार गरेर अघि बढ्नुहोला । जतिसुकै राजनीतिक अधिकार दिए पनि आर्थिक अधिकार तपाईँहरूको भएन, सामाजिक अधिकारहरू भएन भने समस्या जहीँ को त्यहीँ रहन्छ । त्यसकारण आर्थिक समानता, सामाजिक समानताका कुराहरू पनि त्यत्तिकै ध्यान दिनुपर्छ । ३३ प्रतिशत सिट हामी रिजर्भेसन त गरेका छाँै, मलाई के लाग्छ भने यो सिट जसरी रिजर्भेसन गरेका छौँ, राजनीतिक तहमा । त्यो आफ्नो ठाउँमा अपर्याप्त होला । तपाईँहरूको माग ५१ प्रतिशत नै हो । हामीलाई आपत्ति छैन । ३३ प्रतिशत भइसकेको छ भने अब ५१ प्रतिशत गर्न के आपत्ति भयो र । त्यसको लागि सक्षम बन्दै जानुपर्ने हुन्छ । त्यो सक्षमता बन्नका लागि अबको निर्वाचनमा महिलाहरूलाई स्थानीय तहमा नेपाली कांग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा पनि धेरै सिटहरू माहिलालाई दिन जरुरी छ । दोस्रो कुरा प्रदेश र सङ्घ संसद्को बीचमै प्रतिस्पर्धा गराइ अघि जानुपर्छ । त्यसमा तपाईँहरू तयार हुनुहुन्छ भन्ने म विश्वस्त छु । घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छाँै, राजनीतिक दलहरूको बीचमा । मलाई के लाग्छ भने नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौँ । नेपाली कांग्रेसको बीचमा गठबन्धन गर्ने हो भने हामीलाई कुनै पनि शक्तिले हराउन सक्दैन । अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ