arrow

कोपा अमेरिका शुरु, अर्जेन्टिनाको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
copa-america-2024-argentina.jpg

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी शुरुआत गरेको छ । शुक्रबारदेखि शुरु भएको ४८औं कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानाडालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुआत गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक–एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अल्भारेजले खेलको ४९औँ मिनेटमा र मार्टिनेजले खेलको ८८औँ मिनेटमा गोल गरेका थिए ।

कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले यो जितपछि समूह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै क्यानाडाले पनि जुन २६ मा पेरुविरुद्ध खेल्नेछ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ